www.tandavnews.com
Fact ~ In search of truth

भोली बस्ने भनिएको नेकपा बैठक भदौ १८ का लागि सर्यो

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यही भदौ १८ का लागि बैठक सारिएको जानकारी दिए ।

उनका अनुसार कोभिड–१९ को जोखिमका कारणले बैठक सारिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएपछि बैठक बोलाउन सहमति गरेका थिए । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि बैठक वोलाइएको हो ।

Batas

पार्टीले गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.