www.tandavnews.com
Fact ~ In search of truth

अपहरण काण्ड : ‘गायब पार्ने योजना, ४ दिन थुनेर कुटे’

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज । 

अन्नपूर्ण गाउँपालिका–१ का महादेव सापकोटा । पेशाले ड्राइभर । घरबाट आउन जान गाह्रो भएपछि पोखरा–२३ डेरामा बस्थे उनी । बोलेरो जीप चलाउने सापकोटाले । अन्य दिन जस्तै साउन २५ गते । एक जना पेसेन्जर उनको गाडीमा चड्छन । पोखरा–२३ बाट चढेकी ति युवतीसँग सापकोटाको चिनजान थियो । उनी भन्डारढिक जानु थियो । तिजको वेला ति युवती जस्तै अन्य महिला पेसेन्जर पनि गाडीमा बसेका थिए । त्यस दिन सबै पेसेन्जर आ–आफ्नो गन्तव्यमा ओर्लिए ।

पोखरा–२३ मा बस्ने ति युवतीका कारण सापकोटामाथी समस्या आइलाग्यो । तिनै युवतीलाई गाडीमा लग्यो भनेर केही दिनपछि निलगिरी नेश्नल जोइन्ट भेन्चरका संचालक तथा ठेकेदार बसन्त लामाले सापकोटालाई बिच बाटोमा गाडी रोकेर थर्काए । ‘मेरो बुढिलाई किन लगिस् , मेरो आफ्नै गाडी थियो’ भन्दै लामाले तथानाम गाली गरे । सापकोटाले यो विषयमा पछि कुरा गर्ने भनेर आफ्नो बाटो लागे ।

Batas

भदौ ८ गते दिनको २ बजे पोखरा–२३ मा सापकोटालाई समातेर कुटपिट गर्दै मोबाइल खोस्दिए ठेकेदार लामाले । लामासँग आएका पोखरा–२३ का वडा सदस्य भरतराज भण्डारी र त्यहाँका स्थानीय टिकाराम भण्डारी ‘रामु’ (लामाको काम हेर्ने व्यक्ति)ले पनि उल्टो सापकोटालाई गाली गरे । त्यसपछि खहरे खोलास्थित पुल बन्दै गरेको ठाँउमा लामाले सापकोटालाई मज्जाले कुटे । बाहिरी चोट नदेखिएपनि सापकोटाको टाउको र शरिरमा चोट लग्यो, उनी थलापरे जस्तो भए ।

वडा सदस्य भरतराज नै त्यहाँ भएपछि कुटपिट गर्दा छुट्याउलान् र लामालाई गाली गर्लान् भन्ने पुर्ण विश्वासमा दिए पीडित सापकोटा । तर त्यसो भएन, उल्टो भरतले ‘तलाई केही हुदैन म कुरा मिलाउछु’ भन्दै सापकोटाको दोष देखाए र लामाको पक्षमा बोले ।

एक घण्टा लामाले कुटपिट गरेर थाकेपछि ‘यसलाई फुत्किन नदिनु’ भन्दै सदस्य भरत र टिकारामको जिम्मा लागाइदिए । सापकोटालाई त्यहाँबाट पोखरा–२३ लामाको फ्ल्याटमा लगियो । सापकोटालाई फ्ल्याटको एउटा कोठामा लगेर लामाले फेरी कुटपिट गरेपछि ‘यसलाई कतै फुत्किन नदिनु’ भन्दै सदस्य भरत र टिकारामको जिम्मा लगाएर हिडे । त्यो दिन करिव ३ बजेतिर उनीहरुले सापकोटालाई लामाको फ्ल्याटको एउटा कोठामा थुनेर राखे । ८ गते राती सापकोटालाई छाडिदिन्छन् कि भन्ने आश थियो तर त्यसो भएन । दिनभर सदस्य भरत र टिकारामले रक्सी खादै सापकोटालाई थुनेर राखे । रात परेपछि लामा आएर तथानाम गाली गरेर कुट्न थाले । त्यो शिलशिला ३ दिनसम्म चल्यो ।

‘सापकोटा अपहरणमा परेका छन्’ भन्ने न घरपरिवारलाई थाहा भयो न त साथीहरुलाई नै । सापकोटाको घरमा बुढि आमा छन् । आमाले फोन गर्न नजान्ने भएकाले सापकोटाले नै हप्ता दश दिनमा घरमा फोन गर्ने गर्थे । कहिले घर कहिले डेरा भएका हुनाले पनि उनको त्यति वास्ता हुदैन्थ्यो ।

एक दिन दुई दिन हुदा हुदै सापकोटा अपहरणमा परेको ३ दिन भईसकेको थियो । भदौ १० गते राती ११ बजे पुनः त्यही घटना दोहोरियो । सदस्य भरत र टिकाराम रक्सी खादै कुर्दै थिए, लामा पनि रक्सी खाएर आइपुगे । त्यो रात सापकोटालाई कुट्दै बाहिर निकाले । लामाको गाडीमा हालेर उनीहरु ३ जनासहित पामे खोलाको बाटो लागे ।

‘आज तँ मर्ने भइस् , तँलाई काटेर बोरामा हाल्ने कि खोलामा फाल्ने ’ भन्दै कुट्दै पामे खोलामा सापकोटालाई पुर्याए । शारिरिक र मानसिक तनावमा परेका सापकोटाको मुटुले ठाउँ छोड्यो, ‘आज मेरो अन्तिम दिन हो’ भन्ने सोच्दै लाचार बने उनी ।

त्यति हुदा पनि ‘सदस्य भरतले जोगाउछन् कि’ भन्ने आश कायमै थियो सापकोटाको मनमा । सापकोटाले अन्तिम हिम्मत जुटाउदै ‘दाई मेरो गल्ती छ भने बरु प्रहरीकहाँ लैजानु’ भन्दै सदस्य भरतसँग आफ्नो जिन्दगीको भिख मागे । तर भरतराजले उल्टो सापकोटालाई गाली गरे । डेढ घण्टा खोला छेउमा लागेर शाररिक र मानसिक तनाव दिएपछि पुनः फ्ल्याटमा ल्याएर थुने ।

जब सापकोटालाई पामे खोला ल्याउनको लागि उनीहरुले गाडीमा चढाउदै थिए, त्यो वेला हल्लाखल्ला भएपछि त्यहाँ स्थानीयले चाल पाएका थिए । स्थानीयले त्यो कुरा प्रहरीकहाँ सूचना दिए ।

सूचना पाएको वडा प्रहरी कार्यालय वैदामको टोलीले भदौ ११ गते दिउँसो ३ बजे लामाको फ्ल्याटबाट सापकोटालाई उद्दार ग¥यो । वडा सदस्य भरतराज, ठेकेदार लामा र टिकारामलाई पक्राउ गरि हिरासतमा राख्यो । भदौ १२ गते सापकोटाले अपहरण गरेको भन्दै उनीहरु विरुद्ध उजुरी दिए । वडा प्रहरी कार्यालय वैदामले अपहरण तथा शरिर बन्धक कसूरमा तीन जनालाई शुक्रबार ७ दिनको लागि म्याद थप गरि अनुसन्धान अघि बढाएको छ । (घटना क्रम पीडित सापकोटाको भनाई अनुसार तयार पारिएको हो)

आफ्नो कुनै गल्ती नहुदा पनि उल्टो अपहरण गरेर कुटपिट गरिएको सापकोटाले गुनासो गरे । ‘गल्ती भएको भए पनि प्रहरीकहाँ लगेर पो कुरा गर्नुपर्छ,’ उनले भने, ‘ठेकेदार लामाले थुनेर पटक–पटक कुटपिट गर्दा उल्टो सदस्य भरतराजले उनलाई नै सहयोग गरे । धन्न मलाई मारेर फालेनन् । मलाई गायव गर्ने योजना थियो उनीहरुको । त्यो दिन मेरौ मोबाइल नखोसेको भए कतै फोन गरेर जोगिन्थे होला । तर मेरो फोन पनि लामाले राखेका थिए, त्यही भएर होला अहिले पनि मेरो फोन वैदाम प्रहरीकहाँ छ ।’

सम्बन्धीत न्यूज

पोखरा-२३ अपहरण काण्ड : तीन जनालाई सात दिनकालागि म्याद थप

ठेकेदार लामा र वडा सदस्य भण्डारी ‘अपहरण’ गरेको आरोपमा पक्राउ

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.