www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ३ र नवलपरासीका २ गरि गण्डकीमा थपिए पाँच संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखराका ३ सहित गण्डकी प्रदेशमा ५ संक्रमित थपिएका छन् ।

Batas

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्ब ७ का एक महिला, एक पुरुष र वडा नम्बर ८का एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै नवलपरासीको कावासोतीका एक र मध्यबिन्दुका एक गरी दुई महिलामा संक्रमण पुुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ । नवलपरासी (ब.सु.पू.) जिल्ला, मध्यबिन्दु–४ का कोरोना संक्रमित महिला स्वास्थ्यकर्मी रहेकी छिन्। उनी कलेज अफ मेडिकल साईन्समा कार्यरत रहेको जनाइएको छ

यसैबीच नवलपरासी (ब.सु.पू.) जिल्ला, बिनयत्रिबेणी–६ का ६२ बर्षीय पुरुषको हिजो १३ गते शनिबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.