www.tandavnews.com
Fact ~ In search of truth

उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ

काठमाडौं ।

उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको पिसिआर परीक्षण गरिएको थियो ।

Lama collectio News Middle

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत महानुभाव सिसिएमसीको उक्त बैठकमा सहभागी भएका थिए ।

उनीहरुको स्वाब शनिबार बिहान संकलन गरिएकामा साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । बैठकमा चियापानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै आइसोलेसनमा रहेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery