www.tandavnews.com
Fact ~ In search of truth

भारतमा एकैदिनमा ७९ हजार व्यक्तिमा कोरोना, संक्रमित अहिलेसम्मकै अत्यधिक

काठमाडौं ।

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या वृद्धि हुँदै गइरहेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट संक्रमित भएको जानकारी दिएको छ ।

Batas

मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार योसँगै भारतका कुल संक्रमितहरुको संख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ ।पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ९४८ रहेको उल्लेख गरिएको छ ।

भारतमा कोरोनाका कारण संक्रमित भएकामध्ये सात लाख ६५ हजार ३०२ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । कूल संक्रमित मध्ये २७ लाख १३ हजार ९३४ जना भने संक्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४६७ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.