www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव अध्यक्ष पौडेलद्धारा गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ‘वाटर प्यूरिफायर प्लान्ट’ हस्तान्तरण

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरालाई पानी शुद्ध गराउने ‘वाटर प्यूरिफायर प्लान्ट’ हस्तान्तरण गरिएको छ । ताण्डव न्यूज डटकमका अध्यक्ष रमण पौडेलले आइतबार (आज) प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याललाई प्लान्ट हस्तान्तरण गरेका हुन् ।

मित्र मिलन कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका पौडेलले देशको सुरक्षार्थ खटिने प्रहरीहरुका लागि सहयोग गर्न पाउँदा कृतज्ञ भएको बताए । ‘अधिकांश रोगहरु पानीकै कारण लाग्ने गर्दछन्, यसर्थ पानी मात्रै होइन शुद्ध पानीले स्वास्थ्य मजबुद बनाउँछ’ उनले भने ‘दिनरात हाम्रो लागि, देशको लागि सुरक्षामा खटिनुहुने प्रहरीहरुलाई यसरी सहयोग गर्न पाउँदा कृतज्ञ छु ।’

Batas

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख अर्यालले प्लान्ट सहयोगकालागि पौडेललाई धन्यवाद दिए ।

उक्त प्लान्टले प्रतिघण्टा ५०० लि. पानी शुद्ध गराउँदछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.