www.tandavnews.com
Fact ~ In search of truth

एकै दिन १२ सय २१ संक्रमित, कोरोनाबाट १४ को मृत्यु

पोखरा ।

देशभर एकै दिन १२ सय २१ जना संक्रमित थपिएका छन् । भने १४ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

पछिल्लो २४ घन्टामा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि र १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार पाँच सय ६१ पुगेको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय २१ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै गएको २४ घण्टामा दुई सय ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २० हजार आठ सय २२ पुगेको छ ।

मन्त्रालयको अनुसार १७ हजार पाँच सय १८ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ९७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.