www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ३ सहित गण्डकीमा थपिए ४ जिल्लाका ७ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप ३ सहित गण्डकी प्रदेशमा ७ संक्रमित थपिएका छन् ।

Batas

क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा पोखरा महानगरका ३ ,गोरखाका २, तनहुँका १ र लमजुङका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१४४ पुगेको छ ।

लमजुङ जिल्ला, बेसीशहर-१० को ७१ बर्षीय महिला कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत रहेकी छिन् , उनको नमुना संकलन पोखराबाट भएको हो। अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.