www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : अर्धसतक नाघेका ‘रेशबहादुर’को कुकृत्य , ९ वर्षीया बालिकालाई लगातार बलात्कार

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

उमेरले अर्धसतक काटीसके, रेशबहादुर गुरुङ । ५५ वर्षीय गुरुङ स्याङ्जा बिरुवा गाउँपालिकाका हुन् । रिटायर्ड आर्मी समेत रहेका गुरुङ पोखरा १० रामबजार बस्दै आएका छन् ।

उनि बस्ने नजिकै एक परिवार थियो, जहाँ ९ वर्षीया बालिका पनि थिइन् । उमेरले अर्धसतक नाघेका बृद्धमा एकाएक ‘कु’ जाग्यो । उनले नातीनि समान ९ वर्षीया बालिकामाथी कुदृष्टि लगाए ।

Batas

अभिभावक नभएको मौका छोपेर उनले ति बालिकालाई लगातार बलात्कार गरे । ‘लगभग ३/४ महिनादेखि लगातार बलात्कार गर्दै आएको बुझिन्छ’ प्रहरी स्रोतले भन्यो ‘अभिभावक नभएको मौका छोपेर बलात्कार गर्ने गरेको प्रारम्भीक अनुसन्धानले देखाउँछ।’

बलात्कारबारे अनभिज्ञ रहेका अभिभावकले यसबारे थाहा भएपछि शुक्रबार कास्की प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि कास्की प्रहरीले गुरुङको खोजी गर्यो । बालिकाका अभिभावकले बलात्कारबारे थाहा पाएपछि गुरुङ भागेर स्याङ्जा पुगेका थिए । उनलाई आइतबार स्याङ्जामा पक्राउ गरि राति कास्की ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले गुरुङलाई स्याङ्जाबाट पक्राउ गरिएको बताए । ‘स्याङ्जाबाट पक्राउ गरेर राती कास्की ल्याइएको छ’उनले भने‘थप अनुसन्धान भइरहेको छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.