www.tandavnews.com
Fact ~ In search of truth

कैदीबन्दीमा पनि बढ्दै कोरोना

काठमाडौं ।

विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को संक्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा संक्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

आइतबारसम्ममा शंकास्पद ८७९ जनाको पिसीआर परीक्षणमा १६६ जनामा संक्रमण भेटिएको छ । त्यसमध्ये ७२ जना संक्रमण मुक्त भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए। उनका अनुसार भदौको पहिलो सातामा पर्साको वीरगञ्ज कारागारबाट संक्रमण देखिएको थियो ।

Lama collectio News Middle

त्यसपछि जोखिम क्षेत्रको सात वटा कारागारमा नमूना संकलन गरेर परीक्षण गर्दा अन्यमा समेत देखिएको हो । नयाँ कैदीबन्दी र कारागारको सुरक्षामा खटिएका प्रहरीमा पहिलो पटक कोरोना देखिएको थियो । केहीअघि काठमाडौँको केन्द्रीय कारागारसहित स्याङ्जा, बाँके, सिन्धुपाल्चोक, सिरहा, सुनसरी र पर्साको कारागारमा शंकास्पद कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको सापकोटाले बताए ।

काठमाडौँको केन्द्रीय कारागारमा मात्रै चार जनामा देखिएको छ । प्राप्त विवरणअनुसार कारागारका सुरक्षाका लागि खटिएका २०७ प्रहरीमा पिसीआर परीक्षण गर्दा ५२ जना तथा कर्मचारी ७८ को परीक्षणमा सात जना संक्रमित भएका हुन् ।

बाँकी सबै कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । हाल कारागारमा २४ हजार १०० कैदीबन्दी छन् । कूल ८२० कर्मचारी र झण्डै दुई हजार प्रहरी रहेका छन् । कारागारभित्र सामाजिक दूरी कायम गर्न सक्ने अवस्था नभएकाले उच्च जोखिम छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop