www.tandavnews.com
Fact ~ In search of truth

६ के.जी गाँजासहित बिरौटाका संजोक र शिलास भरतपोखरीबाट पक्राउ

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरीबाट ठुलो मात्रामा लागूऔषध गाँजा दुई युवकसहित गएराती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला तनहुँ शुक्लागण्डकी १२ घर भई हाल पोखरा बिरौटा बस्ने संजोक वि.क र बिरौट बस्ने २० वर्षका शिलास बि.क रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

Batas

पोखराको विभिन्न स्थानमा लागू औषध बिक्रिबितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा सवारी चेकजाँच गर्ने क्रममा ग ९ प ६०२८ नम्बरको पल्सरमा हिडेका संजोक र शिलास गाँजासहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ६ के.जी १ सय ग्राम लागूऔषध र लागूऔषधको तौल जोख्ने मेसिन एक थान बरामद भएको हमालले बताए ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.