www.tandavnews.com
Fact ~ In search of truth

लायन्स भद्रकालीको रक्तदान, सात दिनमा १ सय ५३ युनिट रगत

पोखरा।

लायन्स क्लब अफ पोखरा भद्रकालीले थालेको साताव्यापी कार्यक्रममा १ सय ५३ युनिट रगत संकलन भएको छ । अभियानको अन्तिम दिन सोमबार पोखराको विपी चोकमा १३ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको चरम अभाव भएपछि क्बलले अभियान थालेको हो ।

क्लबका निर्देशक समरबहादुर परियार समिरको संयोजकत्वमा भएको अन्तिम दिनको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको हो ।

Batas

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ का ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, क्लस्टर प्रमुख ऋषि गिरी, रिजन चियर पर्सन वसन्तराज सिग्देल र क्लब अध्यक्ष संयुक्त धाख्वाले पहिलो रक्तदाता रुवी रञ्जीतलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा शर्माले भद्रकालीले थालेको अभियानले अहिले पोखरामा रगत अभाव हुन छाडेको बताए । अहिले अन्य क्लब र संघसंस्थाले पनि आकस्मिक रुपमा रक्तदान कार्यक्रम राखेपछि रक्तसञ्चार केन्द्रलाई पनि अहिले भ्याइ नभ्याइ हुन थालेको उनको भनाइ थियो । नियमित रुपमा राखिएका कार्यक्रम कास्की जिल्लामा निषेधाज्ञा जारी भएका कारण एक्कासी रोकिएपछि पोखरामा रगतको अभाव भएको थियो ।साउन महिनामा रगत सहजै भए पनि भदौ लागेपछि भने समस्या परेको थियो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले केही दिन एबी पोजेटिभ समूहको रगत अभाव हुँदा अपरेसननै रोक्नु परेको बताए । अहिले भने अवस्था सामान्य हुँदै गएकाले रक्तदान गर्ने संस्थालाई पनि केही दिन पर सार्नुस् भनेर आग्रह गर्नु परेको जनाए । उनले भने, ‘सारै आपत परेका बेला भद्रकाली लायन्सले कार्यक्रम सुरु ग¥यो, त्यसपछि त रक्तदानको लहरै चल्यो । १ साताको अवधिमा अवस्था निकै सहज भएको छ ।’

भद्रकाली लायन्सले गरेको कार्यक्रमको पहिलो दिन भद्रकाली चोकमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । दोस्रो दिन ग्रिन डेभलपमेन्ट सँगको सहकार्यमा सभागृह चोकमा १३ युनिट, तेस्रो दिन समाधान दैनिकको सहकार्यक्रममा नयाँबजारमा २४ युनिट रगत संकलन भएको थियो ।

चौथो दिन नदीपुरमा २० युनिट रगत संकलन भएको छ । पाँचौ दिन बाटुलेचौरमा भएको कार्यक्रममा ३३ युनिट रगत संकलन भएको हो । छैटौं दिन एनवाइसी क्लबको सहकार्यमा २५ युनिट रगत संकलन गरिएको क्लब सचिव धनेन्द्र गुरुङले जानकारी दिए ।

अन्तिम दिनको कार्यक्रममा क्लस्टर प्रमुख ऋषि गिरी, रिजन चियरपर्सन वसन्तराज सिग्देल, क्लब सचिव धनेन्द्र गुरुङ, क्लब निर्देशक समरबहादुर परियार(समिर), समिरकुमार रम्तेल, टेकबहादुर रम्तेल, सजिस परियार, कुन्दनकुमार पञ्जा र रुवी रञ्जीतले रक्तदान गरे ।

यसैगरी दीपेन्द्र पौडेल, अभिजित श्रेष्ठ, आनन्द शाही र बाबुराम परियारले रक्तदान गरेको क्लब पूर्व अध्यक्ष भरत कोइरालाले बताए । कार्यक्रमको समापनमा डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले क्बल अध्यक्ष धाख्वालाई प्रोत्साहनस्वरुप ५ हजार रुपैयाँ प्रदान गरे ।

एउटै क्बलले सय युनिटभन्दा बढी रगत संकलन गरेका प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा शर्माले यस अघि नै गरेका थिए । अध्यक्ष धाख्वाले उक्त रकम क्लबले सामाजिक काममै खर्चिने प्रतिबद्धता जनाउँदै आफ्नो कार्यकालमा २ सय युनिट रगत संकलन गर्ने बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.