www.tandavnews.com
Fact ~ In search of truth

८९९ जनामा कोरोना पुष्टि, २४ घण्टामा ५८८ जना डिस्चार्ज

पोखरा ।

नेपालमा पछिल्लो २४ घण्टामा आठ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भने ७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार एक सय १९ जनाको कोरोना परीक्षण गर्दा आठ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यस्तै गएको २४ घण्टामा पाँच सय ८८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २१ हजार चार सय १० पुगेको छ ।नेपालमा कोरोना संकमितको संख्या ३९ हजार चार सय ६० पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा १७ हजार आठ सय २२ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ३७ जना क्वारेन्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.