www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कोरोनाबाट मर्नेको संख्या १४, गोरखाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

Batas

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो सोमबार साँझ दिएको जानकारी अनुसार गोरखाकी एक संक्रमित महिलाको मृत्यु भएसगै गण्डकीमा मृतकको संख्या १४ पुगेको हो ।

गोरखा जिल्ला आरुघाट निवासी ६५ वर्षीया महिलाको काठमाडौं स्थित श्री वीरेन्द्र अस्पताल, छाउनीमा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

सेप्टिक सक भई भदौ ४ गते देखि वीरेन्द्र अस्पतालमा उपचाररत मृतक महिलामा भदौ १३ गते कोरोना पुष्टि भएको थियो । उनी हाइपोथाइरोडिजम तथा मृगौलाका दिर्घरोगी समेत रहेकी थिइन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.