www.tandavnews.com
Fact ~ In search of truth

१४ दिने नाबालक सहित गण्डकीमा थपिए ३९ संक्रमित

पोखरा।
ताण्डव न्यूज।
गण्डकी प्रदेशमा १४ दिने नाबालक सहित ३९ जना संक्रमित थपिएका छन् ।

प्रदेशमा पोखरा महानगरका २ सहित ४ जिल्लाका ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
संक्रमित हुनेमा लमजुङका १४ वर्षे नाबालकसहित २६,नवलपुरका १०, बागलुङका १ र पोखरा वडा नम्बर ६ र १३ का दुई जना व्यक्ति रहेका छन्।

Batas

पोखरा महानगरपालिका वडा नम्बर ६ का १ जना संक्रमित नेपाल पर्यटन बोर्ड पोखराका पदाधिकारी रहेका छन । उनको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । भने १३ को संक्रमित होम आईसोलेसनमा रहेका छन।

उता लमजुङमा भेटिएका संक्रमित मध्ये लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना , अस्पतालमै कार्यरत एक कर्मचारी, ग्लोबल आइ .एम ई मा कार्यरत पाँचजना, नेपाल प्रहरी चार जना र एक जना महिला पत्रकार रहेका छन्। अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२०५ पुगेको छ ।

 

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.