www.tandavnews.com
Fact ~ In search of truth

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो

काठमाडौं ।

विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मंगलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

मंगलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार संक्रमित मध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार ९११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार ५४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६१ हजार १५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।

Batas

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६२ लाख ११ हजार ७९६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८७ हजार ७३६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३९ लाख १० हजार ९०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २१ हजार ५१५ जनाको मृत्यु भएको छ । भारतमा ३६ लाख ९१ हजार १६६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६५ हजार ४३५ जनाको मृत्यु भएको छ ।

रुस ९ लाख ९५ हजार ३१९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १७ हजार १७६ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५२ हजार ३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ९४४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार १४९ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख १५ हजार १६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ६६३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ९९ हजार ५६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार ४१४ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ६२ हजार ८५८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख १७ हजार ७३५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार ६६० जनाको मृत्यु भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.