www.tandavnews.com
Fact ~ In search of truth

भैरहवा र वीरगञ्जमा एक/एक संक्रमितको मृत्यु

पोखरा ।

कोरोनाबाट देशमा थप दुईको ज्यान गएको छ । भैरहवाको भीम अस्पतालमा एक जना र वीरगञ्जमा एक जनाको संक्रमणबाट ज्यान गएको हो ।

बाराको सम्रौन गढ नगरपालिकाका ९७ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।उनको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

Batas

उनी मुटु रोगी, दमको र उच्च रक्तचापको रोगी रहेको उल्लेख गरिएको छ ।

यसैबीच भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एक संक्रमित महिलाको पनि उपचारकै क्रममा ज्यान गएको छ ।

रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.