www.tandavnews.com
Fact ~ In search of truth

अधिकारीहरु भन्छन्,’नेपालमा कोरोना विरुद्ध खोपको परीक्षण तत्काल हुँदैन’

काठमाडौं ।

कोरोना भाइरस विरुद्ध विभिन्न देशले बनाएको भ्याक्सिनको परीक्षण गर्न नेपाल खुला रहेको बताइरहँदा परीक्षण भने तत्काल नहुने भएको छ ।

विभिन्न कम्पनीले बनाएकोकोरोना भाइरस सम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेश्रो चरणको परीक्षण तत्कालै नहुने अधिकारीहरूले बताएका छन्।

परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताएका छन्।

चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको पनि तेश्रो चरणको परीक्षण नेपालमा पनि गर्न कुराकानी भइरहेको अधिकारीले जनाएका थिए।

Lama collectio News Middle

विज्ञले नेपालले लाभ पाउने सर्तमा मात्रै खोपको परीक्षणमा सहभागी हुनुपर्ने भन्दै परीक्षणमा जोडिनेभन्दा पनि खोप उत्पादनमा लागेका कम्पनीसँग वार्ता गर्न सुझाव दिएका छन्।

परिषद्का अध्यक्ष डा. झाका अनुसार झन्डै ८० जना विज्ञसँगको बैठकपछि विस्तृत छलफल र अध्ययनपछि मात्रै खोपको परीक्षणमा सहभागिताबारे टुङ्गोमा पुग्ने निष्कर्ष निकालिएको छ।

हाल तेश्रो चरणको परीक्षणमा रहेका खोप विकास गर्ने संस्था तयार भएमात्रै थप प्रक्रिया अघि बढ्ने उनले बताए।

उनको अनुसार अहिलेसम्म चीनबाट मात्रै औपचारिक रूपमा पत्राचार गरिएको छ। यहाँबाट आवश्यक वैज्ञानिक कागजपत्र माग गर्दै जवाफ पठाइएको छ । वैज्ञानिक प्रस्ताव आएपछि सल्लाह गर्ने बताइएको छ।

परीक्षणमा जानुअघि त्यसका विभिन्न सर्तहरूबारे पनि गहन छलफल गर्नुपर्ने अवस्था रहेकाले टुङ्गोमा पुग्न समय लाग्नसक्ने बताइएको छ।  बिबिसी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery