www.tandavnews.com
Fact ~ In search of truth

पोखराका २० प्रहरी र पार्कल्याण्ड अस्पतालकी स्टाफनर्ससहित गण्डकीमा थपिए ३५ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

कास्कीका २३ सहित गण्डकी प्रदेशमा ३५ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कास्की, तनहुँ, लमजुङ र नवलपरासीका रहेका छन् । कास्कीका २३, लमजुङका ४,नवलपरासीका ७ र तनहुँका एक जनामा कोरोना संंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिका –१७ का २० जना नेपाल प्रहरी रहेका छन् । भने तनहुँ जिल्ला सुक्लागण्डकी १ की संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्टाफनर्स रहेकी छिन ।

Batas

लमजुङ सुन्दरबजार –२ का संक्रमित ५० वर्षीय पुरुष ओमानबाट आएको जनाइएको छ भने सुन्दर बजार –९ का ४९ वर्षीया महिला किराना पसल संचालक रहेकी छिन् । अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२४५ पुगेकाे छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.