www.tandavnews.com
Fact ~ In search of truth

४ बुँदे सम्झौता सहित एन प्याब्सनको ताला खुला (सम्झौतापत्र सहित)

अर्जुन गाहा,
ताण्डव न्यूज/पोखरा ।

विभिन्न माग सहित प्याब्सीयु नेपालद्धारा नेशलन प्याब्सनको कार्यालयमा लगाईएको ताला एक महिना पछि खोलिएको छ ।

निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन नेपाल (प्याब्सीयु) ले गत साउन ६ गते लगाएको ताला ४ बुँदे सम्झौता सहित आज (बुधबार) खोलिएको हो ।

Batas

शिक्षण संस्थामा कार्यरत शिक्षक तथा अन्य कर्मचारीको मागलाई सम्बोधन हुने गरि सम्झौता पश्चात ताला खोलिएको प्याब्सीयुका केन्द्रिय उपाध्यक्ष शिवलाल उपाध्यायले बताए ।

उनले चार बुँदामा सम्झौता भएपनि शिक्षकका पारिश्रमिकको कुरालाई समेत समेटिने बताउदै कामको प्रकृति हेरेर तलब ५० प्रतिशत या शत प्रतिशत पाउने व्यवस्था सहित सम्झौता गरिएको तर्क दिए । उपाध्यक्ष उपाध्यायले एन प्याब्सन अन्तर्गतका विद्यालयले आफ्नो कर्मचारीलाई खटाएको खण्डमा जिम्मेवार पुरा गर्नुपर्ने बताए ।

यता एन प्याब्सनका सचिव मनकाजी गुरुङले शिक्षक तथा कर्मचारीहरुको माग सम्बोधन हुने गरी गएराती मात्रै समझदारीमा भएको बताए । त्यस्तै एन प्याब्सनका अध्यक्ष हेमन्त अधिकारीलै दुई संस्था एउटै परिवार भएकोले आन्तरिक द्वन्द्व मा फस्न नहुने तर्क राखे ।

उनले व्यवहारिक पाटो हेरेर अगाडि बढ्नुपर्ने बताउदै भने, ‘एउटै परिवारमा बाउ छोरा झगडा गरेर हुदैन । समन्वयात्मक तरिकाले अगाडि जानुपर्छ ।’

एन प्याब्सन र प्याब्सीयु, यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवाशिय विद्यालय बस ईकाई बिच भएको ४ बुँदे सम्झौता पत्र

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.