www.tandavnews.com
Fact ~ In search of truth

सहिद सुरेश वाग्ले र भिमसेन पोख्रेलको स्मृतिमा ११ औँ सप्ताहव्यापी रक्तदान

पोखरा

नेकपाका सहिद कमरेड सुरेश वाग्ले (बाशु)र भिमसेन पोख्रेल(वैरागी)को स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

२१ औ स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल कास्कीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले गर्दा रगतको अभाव भईरहेको अवस्थामा युवा संघ कास्कीले ११ औँ सप्ताहव्यापी रक्तदान कार्यक्रम गरेको हो ।

Batas

उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाज गुरूङ (करण) को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथि केन्द्रीय सदस्य चूड़ामणि जंगली, श्रीनाथ वराल,प्रदेश सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य रामजी वराल( जिवन),दिपक कोईराला ( रूपक) बखान सिंग तुम आभास, प्रभा कोईराला रहेका थिए ।

त्यस्तै राष्ट्रीय युवा संघ केन्द्रीय सदस्य सुमन देवकोटा, विनय थापा,पुर्ण लामा ,विष्णु पुन,राजकुमार दुलाल ,मेख ब.वि क( पहाड),विपिन,ठाकूर शर्मा, लगायतको उपस्थिती रहेको थियो । राष्ट्रीय युवा संघ नेपाल कास्कीका संयोजक भोजराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए

११ औँ सप्ताहव्यापी रक्तदान कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालय पोखरा–९ शान्तिबनमा गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.