www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा संक्रमणबाट १२ को ज्यान गयो, ११२० नयाँ संक्रमित थपिए

१११२ जना डिस्चार्ज

पोखरा।

देशभर २४ घण्टामा कोरोना संक्रमणको कारण १२ जनाको ज्यान गएको छ । भने ११२० नयाँ संक्रमित थपिएका छन् ।

यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यस्तै गएको २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २३ हजार दुई सय ९० पुगेको छ ।

अब नेपालमा १८ हजार एक सय आठ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.