www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा-२३ अपहरण काण्ड : ‘पीडितलाई झुटो बलात्कारमा फसाउने षणयन्त्र’

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

अपहरणमा परेका अन्नपूर्ण गाउँपालिका–१ का महादेव सापकोटालाई उल्टो बलात्कार गरेको भनी फसाउन षडयन्त्र रचिएको छ । पोखरा–२३ डेरामा बसी ड्राइभर पेशा गर्दै आएका सापकोटालाई निलगिरी नेश्नल जोइन्ट भेन्चरका संचालक तथा ठेकेदार बसन्त लामा, पोखरा–२३ का वडा सदस्य भरतराज भण्डारी र स्थानीय टिकाराम (रामु) भण्डारीले अपहरण गरेर कुटपिट समेत गरेका थिए ।

ठेकेदार लामाले पोखरा–२३ बस्ने एक युवतीलाई पीडित सापकोटाले गाडीमा घर छोड्दीएको भन्ने रिसले अपहरण गरेका थिए । अहिले सदस्य भरत, टिकाराम र ठेकेदार लामा अपहरण गरेको अरोपमा वडा प्रहरी कार्यालय वैदाममा छन् । जुन युवतीलाई पीडित सापकोटाले गाडीमा घर छोड्दिएका थिए, तिनै युवतीलाई प्रयोग गरेर सापकोटालाई बलात्कारको झुटो घटना तयार पारी फसाउन षणयन्त्र गरिरहेको ताण्डव न्यूजले प्रमाण फेला पारेको छ । तर ति युवतीले भने षडयन्त्रमा साथ नदिने भनेपछि लामाले युवतीलाई पनि फसाइदिने भन्दै धम्की दिएका हुन् ।

Batas

सापकोटा र अहिले उनलाई सहयोग गर्ने साथी पोखरा–२३ का सागर लामिछानेलाई नै बलात्कार अरोपमा फसाउन घटनाक्रम समेत तयार परिएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि पनि लामाले फोन मार्फत सापकोटालाई फसाउने षडयन्त्रमा सहयोग गर्न ति युवतीलाई आग्रह गरेको प्रमाण ताण्डव न्यूजले सुरक्षित राखेको छ ।

पीडितलाई बलात्कार आरोपमा उजुरी दिन लामाले फोन मार्फत युवतीलाई पटक पटक आग्रह गरे । युवतीले फोन मार्फत भनिन् , ‘मलाई केही सुनाउनु पर्दैन, तपाईले गल्ती गर्नु भएकै हो, सापकोटाको केही गल्ती थिएन तर तपाईहरुले टर्चर दिनुभयो ।’

त्यसपछि लामाले भने, ‘सापकोटालाई झुटो मुद्दा हालेर मलाई सहयोग गर, नत्र तलाई पनि अप्ठ्यारोमा पार्छु ।’

उत्तरमा ति युवतीले भनिन्, ‘म कुनै पनि हालतमा निर्दोष मान्छेलाई झुटो मुद्दा हाल्दिन, तिमीहरुकै गल्ती हो ।’

स्रोतका अनुसार लामाको ब्यवहारबाट ती युवती पनि आजित परेकी छिन् । यस अघि लामाले युवतीलाई कुटपिट गरेपछि पोखरा–२३ मा रहेको वाम्दी चौकमा समेत यस विषयमा कुरा पुगेको तर ठेकेदार लामाले शक्तिको आडमा उन्मुक्ति पाएको स्रोतको भनाई छ । ‘ती युवतीलाई आँखा सुनिने गरी कुट्दा समेत लामालाई कसैले केही गर्न सकेनन्,’ स्रोतले भन्यो, ‘यसअघि पनि पटक पटक झगडा गरेपछि लामालाई पहिलाको घरबेटीले घरबाट निकाल्दिएका थिए अहिलेको डेरा सरेको करिब दुई महिना भयो, त्यहाँ पनि काण्ड मच्चायो ।’

अहिले लामा, भरतराज र टिकारामलाई जोगाउन आफन्तहरु विभिन्न राजनीतिक दल र शक्ति केन्द्र धाएको स्रोतले बतायो । ‘पीडितलाई कसरी हुन्छ बयान फेर्न र मुद्दा कमजोर बनाउन विभिन्न उपायहरु खोजिरहेका छन्,’ स्रोतले भन्यो, ‘वडा सदस्य भरत राज कांग्रेसका स्थानीय नेता भएका हुनाले कांग्रेसका केही नेता, टिकारामलाई जोगाउन नेकपाका केही नेता लागि परेका छन् भने ठेकेदार लामाले पैसाको जोहो गरेका हुन् ।’

आफुलाई झुटो मुद्धामा फसाउन खोजेको जानकारी पाएको पीडित सापकोटाले ताण्डव न्यूजसँग बताए । ‘मैले कुनै गल्ती गरेको छैन । जहाँसम्म ति युवतिलाई प्रयोग गर्न खोजिएको छ, त्यस्तो हुनै सक्दैन । किनभने ति युवतिलाई मैले अति सम्मान गर्छु, जुनकुरा उहाँलाई पनि राम्रोसँग थाहा छ त्यहिभएर ठेकेदारको पक्षमा उहाँ बोल्नुहुन्न’ उनले भने ।

लामाले वडा सदस्य भरतराज र स्थानीय टिकारामको सहयोगमा भदौ ८ गते सापकोटालाई अपहरण गरेका थिए भने प्रहरीले लामाकै फ्ल्याटबाट भदौ ११ गते पीडित सापकोटाको उद्दार गरेको थियो । त्यसपछि सापकोटाले भदौ १२ गते उनीहरु विरुद्ध उजुरी दिएका थिए ।

सम्बन्धीत न्यूज

अपहरण काण्ड : ‘गायब पार्ने योजना, ४ दिन थुनेर कुटे’

पोखरा-२३ अपहरण काण्ड : तीन जनालाई सात दिनकालागि म्याद थप

ठेकेदार लामा र वडा सदस्य भण्डारी ‘अपहरण’ गरेको आरोपमा पक्राउ

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.