www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः नवलपरासीमा थपिए ३ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश अन्तर्गतको जिल्ला नवलपरासीमा ३ नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा दुई पुरुष र १ महिला रहेको भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२७६ पुगेको छ । हिजो तनहुँकी एक २० वर्षीया युवतीको कोरोनाबाट ज्यान गएसँगै प्रदेशमा मृतकको संख्या १५ पुगेको छ ।

तनहुँ व्यास नगरपालिका घर भएकी महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.