www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका सांसदलाई कोरोना संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका गण्डकी प्रदेश सभाका १ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ।

कन्ट्याक्ट ट्रेसिङको आधारमा भदौ १४ गते स्वाब संकलन गरिएको (बुधबार) हिजो साँझ प्रदेश सांसदमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

Lama collectio News Middle

संक्रमित सांसदमा संक्रमणको कुनै लक्षण नभएको बताइएको छ । यद्यपी उनमा उच्च रक्तचाप रहेको र नियमित औषधि खाइरहेको बताएको छ । उनी होम आइसोलेसनमा बस्ने कि अस्पतलामै जाने भन्ने बारेमा छलफल भइरहेकोछ।

स्वास्थ्य निर्देशनालयको अनुसार संक्रमण पुष्टि भएका सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop