www.tandavnews.com
Fact ~ In search of truth

रामघाट काण्डः महानगरका तीन कर्मचारी कारवाहीको दायरामा

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुरले गैरजिम्मेवार ३ जना कर्मचारीलाई कारबाही गर्ने भएका छन् । रामघाट राजस्व प्रकरणमा मुछिएका कर्मचारीले काम कारवाही राम्रोसँग गर्न नसक्दा करोडौ राजस्व जोखिममा परेको भन्दै मेयरले तिन जना कर्मचारीलाई कारबाही गर्न प्रमुख प्रशासकीय अधिकृत कहाँ फाइल पठाएका हुन् ।

मेयर मानबहादुर जिसीले लेखा प्रमुख जयराम पौडेल, राजस्व प्रमुख गणेश पाण्डे र पूर्व राजस्व प्रमुख छवि शर्मालाई कारवाही गरिने बताए । ‘गल्ती गर्नेलाई कुनै हालतमा पनि कारवाही हुन्छ,’ मेयर जिसीले भने, ‘मैले तीन जनालाई कारवाही गर्नु भन्दै फाईल प्रमुख प्रशासकीय अधिकृत कहाँ पठाएको छु ।’

Batas

घाट काण्डले महानगरकै छविमा आँच आएपछि सो विषयमा छानबिन गर्न समिति नै बनाईएको थियो । समितिले पनि कर्मचारीको लापरवाही देखाएको थियो । सोही समितिको राय र सुझावकै आधारमा मेयरले कारवाही अघि बढाएका हुन् ।

यस विषयमा आन्तरिक छानविन अझै चलिरहेको प्रमुख प्रशासकीय अघिकृत महेश बरालले ताण्डव न्यूजसँग बताए । ‘अध्ययन समितिले पठाएको रिपोर्ट र मेयर सावको राय आएको छ,’ उनले भने, ‘अझै पनि आन्तरिक छानविन हुदै छ, सबै कुरा हेर्दै छु ।’

रामघाट र राजस्व काण्डको विषयमा कर्मचारीसँग स्पष्टीकरण मागिएको थियो । सोही अनुसार कर्मचारी आफ्नो जवाफ पनि दिएका थिए ।

सम्बन्धीत न्यूज

पोखरा महानगरको ३ करोड काण्ड : कसले कारवाही गर्ने अटेरी ‘बाहुबली’हरुलाई ?

‘यि अनुहारलाई किन कारवाही गर्न डराएको महानगर ?’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.