www.tandavnews.com
Fact ~ In search of truth

सेप्टेम्बर ५ देखि ३० सम्मको युएई–काठमाडौं उडान तालिका सार्वजनिक

काठमाडौं।

युएई–काठमाडौँको नियमित हवाइ उडानको तालिका सार्वजनिक भएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले हिजो बुधबार सुचना जारी गर्दै युएई–काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको हो । दूतावासले ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो ।

Batas

सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल ल्याउने तयारी गरी नियमित रुपमा युएई–काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।

उडान तालिका सार्वजनिक गर्दै दूतावासले नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सक्ने जनाएको छ । युएईबाट नेपाल आउने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा बोक्नुपर्ने भएको छ ।

इन्ट्री फारम https://ccmc.gov.np/arms/login.php मा लगइन गरेर भर्न सकिन्छ । यात्रुले नेपाल फर्किएपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२, २७ र २९ मा दुबईबाट उडान भर्ने भएको छ । हिमालयन एयरलाइन्सले अबुधाबीबाट सेप्टेम्बर ५, १२, १९ र २६ को उडान तालिका बनाएको छ ।

एयर अरेबियाले सेम्टेम्बर ६, २० र २९ मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईको जहाज सेप्टेम्बर ८, १५ र २२ मा दुबईबाट नेपालका लागि प्रस्थान गर्ने छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.