www.tandavnews.com
Fact ~ In search of truth

सात सयले घट्यो सुनको मूल्य

काठमाडौं ।

स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला ७०० ले कमी आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा ७०० ले कमी आई ९६ हजार ५०० मा कारोवार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९७ हजार २०० मा कारोवार भएको थियो ।

Batas

यस्तै तेजाबी सुनमा समेत प्रतितोला ७०० ले कमी आएको छ । बुधबार प्रतितोला ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज ९६ हजारमा कारोवार भएको छ । यस्तै चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २६५ कारोवार भएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.