www.tandavnews.com
Fact ~ In search of truth

उद्योग व्यापार क्षेत्रमा परेको असरलाई सम्बोधन गर्न कांग्रेसको माग

काठमाडौं ।

नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको बुधबार भएको भर्चुअल बैठकले बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिकरूपमा ठूलो क्षति व्यहोर्नु परेको र थुप्रै उद्योगधन्दा तथा व्यापार व्यवसायको क्षेत्र बन्द हुने परिस्थितिमा पुगिसकेको जनाएको छ ।

Batas

विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा कोरोनाले उद्योग व्यवसायमा पारेको प्रभाव र यसको समाधानका विषयमा छलफल भएको थियो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आक्रान्त बनाएको छ । नेपालमा पनि संक्रमणको दर बढ्दो रूपमा देखिएको छ भने देशको आधाभन्दा बढी भूभागमा यतिबेला बन्दाबन्दीदेखि निषेधाज्ञा जारी रहेकोले नागरिकको जीवन कष्टकर बन्दै गएको छ ।

बैठकले चाँडै नै उद्योग व्यवसायको क्षेत्रमा रहेका विभिन्न संघ संस्था तथा विभिन्न व्यक्तिहरुसँग छलफल गर्नेसमेत निर्णय गरेको विभागका सचिव दीर्घमान श्रेष्ठले जानकारी दिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.