www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

बुटवल ।

बुटवलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन् । महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान र पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको ती अस्पतालले जनाएको छ ।

Batas

उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकी ती महिलाको कोरोनासँग मिल्दो लक्षण देखिएपछि बुधबार राति नै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसोलेशनमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा आज बिहान साढे ४ बजे उनको मृत्यु भएको अस्पतालका कोरोना स्रोत व्यक्ति एंव वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिनुभयो । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यसैगरी कलेजो र फोक्सोमा निमोनियाको समस्या देखिएपछि उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका ती पुरुषको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर मृत्यु भएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार योसँगै नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दुई पुगेको छ । यसअघि वडा नं.७ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.