www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टे अपडेट:आज हालसम्मै धेरै कोरोना संक्रमित थपिए, १२२८ जनामा कोरोना पुष्टि

९१७ डिस्चार्ज

पोखरा ।

आज हालसम्मै धेरै कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १२२८ जनामा कोरोना संक्रमित थपिएका हुन् । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा १२२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४२ हजार आठ सय ७७ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् । पछिल्लो समय कोरोना भाइरसलाई जितेर घर फर्किनेको सख्या पनि बढिरहेको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय ५७ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.