www.tandavnews.com
Fact ~ In search of truth

लेखनाथको शिशुवा अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसुती

पोखरा ।

पोखरा महानगरपालिका अन्तर्गत लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक शल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डाक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको हो ।

बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल शल्यक्रिया गरी प्रसुती गराईएको अस्पतालका मेडिकल सुपरिटेण्डेन प्रतिभा कोइरालाले जानकारी दिईन् ।

Batas

अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुँदै आएकोमा अव देखी शल्यक्रिया मार्फत पनि प्रसुती सेवा शुरु भएको कोइरालाले बताईन । लेखनाथ क्षेत्रका शल्यक्रिया मार्फत प्रसुती गराउन पोखरासम्मै जानुपर्ने बाध्यता हटेको बताउँदै, मेसु कोइरालाले अस्पतालका सेवाहरुलाई थप सुधार गरिदै लगिने समेत बताईन ।

तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा प्रसुती सेवाका लागि आवश्यक पूर्वाधार तयार भएको उल्लेख गर्दै, मेसु कोइरालाले त्यसमा पोखरा महानगरका प्रमुख मानबहादुर जि.सि र उपप्रमुख मञ्जुदेवी गुरुङबाट थप सहयोग र हौसला प्रदान भएको बताईन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.