www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा फेरि थपिए ५ जिल्लाका ४३ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ४३ जना संक्रमित थपिएका छन् ।

Batas

पोखरा १ सहित प्रदेशका ५ जिल्लाका गरि ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित हुनेमा नवलपरासीका २४, गोरखाका १६, मनाङ, कास्की र स्याङ्जाका १/१ जना रहेका छन् । मनाङ चामेका संक्रमित प्रहरी रहेका छन्। गोरखाका एक संक्रमित भारत बाट आएको बताइएको छ भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २३९७ पुगेको छ । यस अघि प्रदेशमा ४० संक्रमित थपिएका थिए । आज मात्रै अहिले यो समाचार तयार पार्दा सम्म प्रदेशमा ८३ जना संक्रमित थपिएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.