www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट विश्वमा आठ लाख ७३ हजार भन्दा बढीको मृत्यु

काठमाडौं ।

विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ८६ लाख ६५ हजार ७३७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ६९ लाख ३६ हजार ५४६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ७८५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

Batas

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् । अमेरिकामा ६३ लाख ३५ हजार २४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३५ लाख ७५ हजार ९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९१ हजार ५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना भाइरस संक्रति रहेका छन् । यहाँ ३२ लाख ४७ हजार ६१० कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ ।

भारतमा ३९ लाख ३६ हजार ७४७ जना कोरोना भाइरस संकति रहेका छन् । यहाँ ३० लाख ३७ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ९ हजार ९९५ जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ ८ लाख २६ हजार ९३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५२८ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ७० हजार १४५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार ८८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ४०५ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ४१ हजार ५७४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ६१८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ३३ हजार १५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ५४ हजार ८८७ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ५६३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख १६ हजार ८९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ३० हजार २८७ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ३२९ जनाको मृत्यु भएको छ ।

स्पेनमा ४ लाख ८८ हजार ५१३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार २३४ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ४ लाख ५१ हजार १९८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ३ लाख २२ हजार ४६१ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ३६१ जनाको मृत्यु भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.