www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरमा २२ सहित गण्डकीमा थप ४४ जनामा संक्रमण

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरमा २२ सहित गण्डकीमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा प्रदेशका ५ जिल्लामा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीमा २२ जनामा संक्रमण देखिएको छ । संक्रमित सबै पोखरा महानगरका हुन् । निर्देशनालयका अनुसार पोखरा महानगरका २ जना महिला पश्मिाञ्चल सामुदायिक अस्पतालमा पृथ्वीचोकमा कार्यरत कर्मचारी हुन् ।

Batas

पोखरा १७का २५ वर्षीय पुरुष, पोखरा १५का २८ वर्षीय पुरुष, पोखरा १४का ४१ र पोखरा २४का ३१ वर्षीय पुरुष भारतबाट आएका हुन् । पोखरा १६का ५२ वर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत छन् । पोखरामा थपिएका अन्य सबै कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्ति रहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशका कुल कोरोना संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ ।

हेर्नुहोस् कहाँ कति थपिए ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.