
पोखरा,
ताण्डव न्यूज ।
गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।


गोरखा नगरपालिका –७ निवासी ७६ वर्षीय मृत वृद्धामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा मृतकको संख्या १९ पुगेको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बताएको छ ।
हिजो अचेत अवस्थामा गोरखा अस्पताल पुर्याइएकी महिलामा ब्रेनह्यामरेज भएको अस्पतालले जनाएको छ । उनको आई.सि.यु मा उपचारको क्रममा मृत्यु भएको हो । उनको हिजो नमुना परिक्षण गर्दा पोजेटिभ आएको हो ।
यसैबीच गोरखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित आरुघाट र पालुङटारका रहेका छन् । यो सगैँ गण्डकी प्रदेशमा संक्रमितको संख्या २५१६ पुगेको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।