www.tandavnews.com
Fact ~ In search of truth

गोरखा सौरपानीमा पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने

गोरखा ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीमा बाली विज्ञानअन्तर्गतको आंगिक क्याम्पस सञ्चालनमा ल्याइने भएको छ ।

गाउँपालिकाको वडा नं ४ स्थित सौरपानीमा यसै शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतको बारपाक पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।

Batas

तत्कालका लागि सौरपानीमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्रयोगशाला कक्षा सञ्चालन गर्ने र मूलदेवी आधारभूत विद्यालयमा अन्य कक्षासहितका प्रशासनिक कार्य सञ्चालन गर्ने तयारी भएको उनले बताए । पोलिटेक्निक सञ्चालनका लागि गाउँपालिकाले करीब ८० रोपनी जग्गा खरिद गरिसकेको छ ।

इन्स्टिच्युट सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्र्टराईको अध्यक्षतामा हालै बसेको सञ्चालक समितिको बैठकले इन्स्टिच्युटको शुल्क, विद्यार्थीको सङ्ख्या निर्धारण, कुन क्षेत्रबाट कति भर्ना लिने भन्ने निर्णय गरिएको बताइएको छ ।

गाउँपालिका अध्यक्ष भट्टका अनुसार तीन वर्षका लागि रु ९९ हजार शुल्क तोकिएको छ । यो शुल्क अन्य आङ्गिक क्याम्पस तथा सोही विषयको अध्ययनअध्यापन गराउने अन्य इन्स्टिच्युटको तुलनामा न्यून रहेको अध्यक्ष भट्टले बताए । गाउँपालिकाले पालिकाभित्रकै विद्यार्थीका लागि भने तोकिएको शुल्कमा पनि ५० प्रतिशत छात्रवृत्ति दिने निर्णय गरेको उनले जानकारी दिए ।

इन्स्टिच्युटमा कक्षा सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको इन्स्टिच्युटका प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिए । एइई परीक्षाको नतिजा आएलगत्तै भर्ना आह्वान गरी प्रवेश परीक्षा लिई पढाई सञ्चालन गर्ने तयारी थियो तर यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण केही ढिलाइ भएको उनले बताए ।

इन्स्टिच्युट सञ्चालनका लागि सिटिइभिटीले २०७६ साल असोजमै स्वीकृति प्रदान गरेको थियो । इन्स्टिच्युटमा डिप्लोमा तहको पढाइ हुने प्रमुख देवकोटाले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.