www.tandavnews.com
Fact ~ In search of truth

देशभर दुई हजार एकसय प्रहरीमा कोरोना संक्रमण

काठमाडौं ।

नेपाल प्रहरीका दुई हजार एक सयबढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकोमा गत साउनपछि भने संक्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा संक्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

Batas

काठमाडौँ उपत्यकाको तीन जिल्लामा सबैभन्दा बढी ६२४ जना संक्रमित भएका छन् । त्यसमध्य ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ जना संक्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएका र ७१ को उपचार जारी छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, बाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदुरपश्चिम प्रदेशमा ३९ जनामा संक्रमण देखिएको छ ।

प्रहरी प्रवक्ता कडायतले संक्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए । उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन् । सबैको अबस्था सामान्य रहेको कडायतको भनाइ छ । सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कबोभिड–१९ संक्रमण बढिरहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.