www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा ९८० मा कोरोना पुष्टि, १८१४ जना डिस्चार्ज

पोखरा।

पछिल्लो २४ घण्टामा हिजोको तुलनामा आज संक्रमितको संख्या केही हद घटेको छ ।

२४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Batas

अध्यावधिक विवरण अनुसार शनिबार १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएका छन । यो सँगै २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।

यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या हालसम्म दुई सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.