www.tandavnews.com
Fact ~ In search of truth

पोखरा फूड्स प्रा.लिका २५ सहित पोखरामा ३१ जनामा कोरोना संक्रमण

प्रदेशमा थपिए ६७ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा पछिल्लो समय कोरोना संक्रमण दर वृद्धि हुँदै गईरहेको छ ।

Batas

आज बिहान मात्रै पोखरा महानगरमा ३१ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा २५ जना पोखरा फूड्स प्रा.लि. मा कार्यरत कर्मचारी रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

जसमध्ये १७ जना महिला र ८ जना पुरुष रहेका छन् । यस्तै दुई संक्रमित मेट्रोसिटी अस्पतालमा उपचाररत बिरामी रहेका छन भने ४ जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्टाफनर्श २ जना र अन्य २ जना सहयोगी कर्मचारी रहेका छन् ।

यस्तै पोखरा सहित अन्य ४ जिल्लामा गरि ६७ संक्रमित प्रदेशमा थपिएका छन् । जसमध्ये तनहुँका ३, गोरखाका १८ र नवलपरासीका १५ जना रहेका छन् । नवलपरासी जिल्ला, देबचुली–१२ का ४० वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २५९८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.