www.tandavnews.com
Fact ~ In search of truth

‘इन्डियाज बेष्ट डान्सर’की जर्ज मलाइकालाई कोरोना पुष्टी

एजेन्सी ।

बलिउड नायिका तथा ‘इन्डियाज बेष्ट डान्सर’की जर्ज मलाइका अरोरालाई कोरोना पुष्टि भएको छ ।

हिजो (आइतबार) बिहान मात्र बलिउड नायक अर्जुन कपुरलाई कोरोना पोजिटिभ पुष्टि भएको केही घण्टापछि मलाइकालाई पनि कोरोना पुष्टि भएको भारतीय मिडियाले जनाएका छन् ।

Batas

मलाइका र अर्जुन केही बर्षदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ । मलाइकालाई कोरोना देखिएपछि वुधबारसम्मलाई शोको छायांकन रोकेको रियालिटी शो ‘इन्डियाज बेष्ट डान्सर’का निर्माता रंजित शर्माले बताएका छन् । शोको मेकरले अब अन्य २ निर्णायकलाई राखेर शोको छायांकन गर्ने तयारी गरेको छ ।

मलाइका अहिले होम क्वारेन्टाइनमा नै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.