www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट निको हुनेको संख्या बढ्दै,२४ घण्टामा १७३६ डिस्चार्ज

९७९ संक्रमित थपिए

पोखरा ।

केही दिनदेखि कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या बढिरहेको छ । २४ घण्टामा थपिने संक्रमित भन्दा कोरोना जितेर घर फर्किनेको संख्या बढेको छ  । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् । भने देशभर ९७९ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।हालसम्म मृतकको संख्या ३०० पुगेको छ ।

कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.