www.tandavnews.com
Fact ~ In search of truth

‘स्वरोजगारका लागि ल्याइएका नीति सरल बनाइने’

काठमाडौँ ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनले स्वरोजगार बनाउनका लागि भएका नीतिगत समस्यालाई चाँडै संशोधन गरेर युवालाई बजेटअनुसार स्वरोजगारमुखी बनाइने बताए । चालु आर्थिक वर्षमा सङ्घ र प्रदेशले करिब रु ७६ अर्ब युवाका लागि बजेट विनियोजन गरेको छ ।

उनले बजेटअनुसार युवालाई जोड्ने कार्य सरकारले गरिरहेको समेत जानकारी दिए । “विकास र समृद्धिको मेरुदण्ड युवालाई स्वदेशमा नै कसरी परिचालन गर्ने भन्नेमा सरकार रहेको छ”, उनले भने , “युवा नीति श्रम, सीप र उत्पादनसँग जोड्ने गररेर ल्याइने छ, मुलुकको विकासका लागि युवालाई राष्ट्रिय उत्पादनसँग जोडिने छ ।”

Batas

उनले कोरोना भाइरस (कोभिड–१९)का कारणले युवालाई स्वरोजगार बनाउने काम सञ्चालन हुन नसकेकाले कोभिड–१९ को सामान्यावस्था आउनेबित्तिकै युवाका क्षेत्रमा काम हुने धारणा राखे । उनले कोभिड–१९ का कारणले विश्वभर रोजगार गुमाएका युवा नेपाल फर्किएकाले युवालाई स्वरोजगार बनाउने चुनौती रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले एकिकृतरुपमा समन्वय गरेर युवालाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले युवालाई तालीम तथा ऋण प्रवाह गरेर मुलुकमा नै स्वरोजगार बनाइने बताए ।

उनले युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय एकै मातहत भए परिमाण निकाल्न सजिलो हुने बताए । उनले सरकारले घोषणा गरेका युवालाई स्वरोजगार बनाउने कार्यलाई प्रभावकारी कार्यन्वयनका लागि परिषद्ले दबाव दिने जनाए ।

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले यस आर्थिक वर्षमा एक लाख ५० हजार युवालाई स्वरोजगार बनाइने बताए । यसका लागि कोषले रु १९ अर्ब बजेट विनियोजन गरेको उनले जानकारी दिए । उनले एकिकृतरुपमा स्वरोजगार बनाउने कार्यक्रम गर्न सके प्रभावकारीरुपमा हुने बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीले युवालाई तालिम दिएर परिषद्ले स्वरोजगार बनाउने गरेको बताए । उनले यसवर्ष २३ हजार युवालाई तालिम दिएर स्वरोजगार बनाउने उल्लेख गरे । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेस्फुन०का अध्यक्ष परितोष पौडेलले स्वरोजगार हुन चाहने युवालाई आफूहरुले ऋण प्रवाह गरिरहेको बताए । उनले ३५ हजार युवालाई प्रत्यक्ष रुपमा नेस्फुनले ऋण प्रवाह गरिरहेको जानकारी दिए ।

युवा तथा साना स्वरोजगार कोषका उपाध्यक्ष डा कल्याण रोकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कोषले ऋण उपलब्ध गराउने बताए । उनले पहिले सहकारीमार्फत युवालाई ऋण प्रवाह गरेपनि अब अन्य किसिमले ऋण प्रवाह गरिने बताए । उनले स्वरोजगरामार्फत अन्यलाई रोजगार बनाउन सक्ने जो सुकैलाई पनि ऋण प्रवाह गर्न सहयोग गर्ने जनाए । यस वर्ष कोषले १२ हजार युवालाई स्वरोजगार बनाउने उनले जानकारी दिए ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.