www.tandavnews.com
Fact ~ In search of truth

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको २० औँ शाखा पोखरामा

पोखरा ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो २०औ शाखा पोखरा न्यूरोडमा बिस्तार गरेको छ ।

फाइनान्सका गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमका अनुसार न्यूरोड पोखरामा शुरु भएको यो २० औं शाखाको सुरुवातपछि संस्थाको देशभर २० वटा शाखा र २ वटा एक्सटेनसन काउन्टरहरु संचालनमा आएका छन ।

Batas

यस वित्तीय संस्थाको चुक्ता पूँजी तथा जगेडा कोषमा १ अर्ब १९करोड रहेको छ । साथै निक्षेप संकलन ५ अर्ब १३ करोड तथा कर्जा लगानी ३ अर्ब ७९ करोड प्रवाह भएको छ भने कुल नाफा ९ करोड ६६लाख रहेको छ ।

हरिहर भवन, ललितपुरमा प्रधान कार्यालय रहेको संस्थाको प्रदेश नम्बर एकमा ४वटा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर छन ।बागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टर, ५ नम्बर प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेको बताइएको छ ।

संस्थाले सम्पुर्ण बंैकिङ्गसगैं एटिएम,एसएमएस,ई बैंकिङ्ग, ईसिसि,आइपिएस,मोबाइल बंैकिङ्ग,लकर सुविधा, टपअप सुबिधा,विभिन्न विप्रेषन सेवा प्रदान गरिरहेको छ । साथै व्यक्तिगत खाताको लागि ३ लाख सम्मको निक्षेप विमा समेत गरिएको क्षेत्रीय प्रबन्धक विज्ञान गौतमले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.