www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा चिकित्सक र फुड्स प्रा.लिका कर्मचारी सहित ३१ जनामा कोरोना पुष्टि

प्रदेशमा थपिए ५९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज अहिलेसम्म ५९ संक्रमित थपिएका छन् ।

Batas

पोखराका ३१ सहित प्रदेशमा ५९ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित प्रदेशका ५ जिल्ला कास्कीका ३१, गोरखाका १०, बागलुङका ९, नवलपरासीका ६ र तनहुँका ३ रहेका छन् ।

पोखराका २४ जना पोखरा फुड्स प्रा.लिका कर्मचारी रहेका छन् । एक जना गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी रहेका छन भने १ जना पार्कल्याण्ड अस्पतालका चिकित्सक रहेका छन् ।

अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २६६० पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.