www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा आठ लाख ९६ हजार भन्दा बढीको मृत्यु

एजेन्सी ।

विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

Batas

हाल विश्वमा ७० लाख ३ हजार ७७६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ६० हजार २९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।अमेरिकामा ६४ लाख ८५ हजार ५७५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३७ लाख ५८ हजार ६२९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख ८० हजार ४२२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख २३ हजार ९५० कोरोना भाइरस मुक्त भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख ५५ हजार ५६४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २७ हजार १ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ३० हजार ६९० जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ ८ लाख ४३ हजार २७७ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८७१ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ९१ हजार ५७५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख २२ हजार २५१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९७६ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ७१ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २९ हजार २७९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ६१५ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ३९ हजार ३६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ५५५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ३७ हजार ५०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ४६ हजार ७१५ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ७८१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ५ लाख २५ हजार ५४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ५१६ जनाको मृत्यु भएको छ ।अर्जेन्टिना ४ लाख ८८ हजार ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ ।

यहाँ ३ लाख ५७ हजार ३८८ कोरोना भाइरस मुक्त भएका छन् भने १० हजार १२९ जनाको मृत्यु भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.