www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरमा ९ सहित गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण, एकको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

कास्कीको पोखरा महानगरपालिकामा ९ जना सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परिक्षणमा कास्की, बागलुङ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ब्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा महानगरपालिकामा थपिएका मध्ये वडा नं १३की ३८ वर्षीया महिला साउदी अरबबाट, पोखरा १७का र वार्ड नखुलेका २२ र २४ वर्षका २ जना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका छन् । अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेको जनाइएको छ । यस्तै, बागलुङमा १ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १ पुरुषमा संक्रमण देखिएको छ ।

Batas

डायलासिस गरेका पुरुषको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका एक जनाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्वस्थित देवचुली नगरपालीका १ बस्ने ६४ वर्षीय पुरुषको भरतपुर अस्पातल, चितवनमा मृत्यु भएको हो । किड्नीको डायलासिस गरिएका उनमा कोरोना संक्रमण समेत देखिएको थियो । उनको हिजो साँझ उपचारकै क्रममा मृतयु भएको अस्पतालले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.