www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थपिए ७ संक्रमित, प्रहरी कार्यालय रामबजारका प्रहरीसहित पोखराका दुई जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ७ संक्रमित थपिएका छन् । पोखरा महानगरका दुई, तनहुँका ३, लमजुङका १ र स्याङ्जाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

पोखरा महानगरपालिका–१५ का ४० बर्षीय पुरुष नेपाल प्रहरी रहेका छन्। उनी वडा प्रहरी कार्यालय, रामबजारमा कार्यरत रहेका छन। स्याङ्जा जिल्ला, पुतलीबजार–१ का ८५ बर्षीय पुरुष र तनहुँ जिल्ला, म्याग्दे–६ का ६० बर्षीय महिला गरि दुबैजना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत रहेका छन् । अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६७९ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.