www.tandavnews.com
Fact ~ In search of truth

धानमा गबारोको समस्या

चितवन ।

युरीया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ ।

धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाई दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन ।

Batas

खेतका बिचबिचमा थेग्लाथेग्ला भएर किरा लागेको छ । त्यही ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘रोग देखिएको ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा छर्दा प्रभावकारी हुन सकेन । गबारोले गुभो नोक्सान गरेको छ ।’ गबारोको लार्भा, प्यूपा हुँदै पुतली बनेको छ । पुतलीले ५र७ दिन भित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वालाको तल्लो कलिलो भाग खाईदिने उनको भनाइ छ ।

तिमिल्सीनाले किराकै कारण बाला पसाई सकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिने जानकारी दिए । समयमा रोगको नियन्त्रण गर्न सकेमा रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकीने उनको भनाइ छ । किसानको पुरानो अभ्यासअनुसार नै बारिको ठाउँठाउँमा टायर बालेर त्यसको तल भाँडामा सरफपानी राखेमा उज्यालोमा आएका किराहरु झरेर मर्ने उनले जानकारी दिए ।

पुतलीको माउ र फुल सजिलै चिन्न सकिने भन्दै उनले यो संख्या धेरै नहुने भएकाले कृषकले प्रत्यक्ष रुपमा नष्ट गर्न सक्ने वताए । उनले भने, ‘धेरै लागेको ठाउँमा पनि एक कठ्ठामा ४०र५० भन्दा बढि पुतली हुँदैन । यसो गर्न सकेमा रसायनिक बिषादीमा खर्च गर्नु नपर्ने उनको भनाइ छ । गबारोले जिल्ला भरिनै देखिएको उनले जानकारी दिए ।

त्यस्तै धानको पातमा लाम्चो कालो हुने ‘सिथ व्लाईट’ रोग पनि देखिन थालेको छ । यो रोगले धानको पात सुकाउँछ । पसाउने वेलाको धानमा देखीएको छ । धानमानै सेतो झिङ्गा पनि देखिन थालेको छ ।

यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पु¥याउने उनको भनाइ छ । यो रोग पूर्वी चितवनमा बढि रहेको छ । जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.