www.tandavnews.com
Fact ~ In search of truth

देशमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

आज १२४६ संक्रमित थपिए

पोखरा ।

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु छ ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.